उच्च स्तरीय चिनिया टोली अनुसन्धानका लागि गुल्मीमा

635
views

गुल्मी, २९, असोज । चिनिया उच्च स्तरीय टोली गुल्मी आएको छ । ग्रामिण क्षेत्रको कृषिलाई अध्ययन र अनुसन्धान गर्नका लागि अनुसन्धान विकास केन्द्र चीनको उच्च स्तरीय टोली गुल्मी आएको हो ।
मुसिकोट नगरपालिका–१ को भर्माचौरमा आएको चिनिया अनुसन्धान विकास केन्द्रका टोलीका प्रमुख योङसेङ चाङ्गले भने, ‘नेपालमा आफुहरु मित्रता सम्बन्ध कायम गर्न र केही कुराहरु सिक्न सिकाउन आएको बताए ।
चाङ्गले आफूहरुलाई काठमाण्डौबाट अध्ययन स्थलसम्म आउन ३ सय, ५० किलोमिटर लामो दुरी चिनमा १ घण्टामै यात्रामा पुरा गर्न सकिने बताउँदै आफूहरुलाई ११ घण्टा भन्दा बढी लागेको बताए ।
चाङ्गले किसानहरुको विचार सुनेर र आफुले त्यसमा सुझाव दिएर काम गर्ने भन्दै यहाँको कला र संस्कृतिलाइ सिक्ने मौका मिलेकोमा खुसी व्यक्त गरे ।
कार्यक्रमको अवसरमा बोल्दै चिनको टोली नेपाल ल्याउने काम गरेका समाजसेवी दामोदर भूषालले चिनका काम धेरै कुरा थोरै गर्ने प्रवृत्ति भएको र त्यहाँका किसान र जनता अत्यन्तै मिहेनति भएको कारण विकास भएको बताए ।
नेपालको ग्रामिण भेगका कृषि क्षेत्रलाई आधुनिकीकरण र विकास गर्नका लागि बाग्लुङ्ग र गुल्मीको पौदी क्षेत्र अन्तर्गतको मुसिकोट नगरपालिका नं. १ भर्माचौरमा रहेको नमूना एकिकृत कृषि फर्मको आयोजनामा अनुसन्धान विकास केन्द्रका प्रमुख योङसेङ चाङ्ग ४ जना र नेपाली सहितको चिनिया टोली स्थानीय सोरठी भैलो पञ्चेबाजा लगायतले स्थानीयहरुले भव्य स्वागत गरेका छन ।
यो टोलीले अब यहाँ सम्बन्धी बृहत कार्ययोजना बनाइ चिन पठाइएपछि काम सुरु हुने भएको छ । त्यसपछि मात्र यस क्षेत्रका कृषकहरुलाई चिनमा नै लगेर तालिम दिने र कम लागतमा छोटो समयमा अधिक उत्पादन गर्न सकिने गरी उनीहरुलाई आगामी बर्ष २०१८ मा चिनमा तालिम दिइने भएको छ ।