समानुपातिकतर्फ बन्दसूची पेस गर्ने क्रम जारी

1374
views

असोज २९ गते । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्ने कार्य चलिरहेको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा रहेको समानुपातिक निर्वाचनतर्फको बन्दसुचि पेश गर्ने कार्य भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
आयोगका अनुसार राजनीतिक दलले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने निर्वाचन कार्यतालिका छ । दलहरुले उम्मेदवारको बन्दसूची पेस गर्दा ५० प्रतिशत महिला उम्मेदवारसहित समानुपातिक र समावेशिताका आधारमा नामावली समावेश गर्नुपर्ने कानुनी व्यवस्था छ ।