नेपाली काँग्रेससँग चुनावी तालमेलमा–नयाँशक्ति नेपाल

865
views

काठमाण्डौ, २९ असोज । वामपन्थी गठबन्धन छाडेका नयाशक्तिका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो स्वार्थको राजनीतिक आवरण देखाएका छन् । बाम गठबन्धनलाई सर्वोपरी ठानेका बाबुरामले कार्यदलमा १५ सिटको माग राखेर बखेडा झिके । तत्पश्चात गोरखा अनिवार्य सिट चाहिने भन्दै अडान लिएपछि माआोवादी केन्द्र र एमालेले त्यो पनि मान्न तयार भएनन् जसका कारण  नेपाली काँग्रेससँगको तालमेल मा गोरखा–२ मा टिकट माग्न पुगेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले नेपाली कांग्रेससँग चुनावी तालमेल समेत गर्ने तयार िगरे । गोरखा क्षेत्रनम्बर २ बाट चुनाव लड्ने योजना बनाएका भट्टराईलाई माओवादी केन्द्रले सो क्षेत्र नछाडेपछि बाम तालमेललाई नै छाडेर कांग्रेससँग चुनावी तालमेल गर्न लागेको हुन् ।
गोरखामा माओवादी केन्द्रको तर्फबाट नेता नारायणकाजी श्रेष्ठलाई उठाउने तयारी गरेको माओवादी केन्द्रले बाबुरामका लागि गोरखा २ नछाड्ने अडान लिएपछि बाबुराम कांग्रेससँग तालमेलको तयारीमा लागेका हुन् । नेपाली कांग्रेसले गोरखा २ मा बाबुरामलाई सघाउने आश्वासन दिएको स्रोतको दाबी छ ।
नेता भट्टराईले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पटक पटक छलफल गरेका छन् । नयाँ शक्तिले गोरखा १ मा कांग्रेसलाई समर्थन गर्ने छ । गत असोज १७ गते एमाले र माओवादीसँग मिलेर चुनावमा वामपन्थी तालमेलको घोषणा गरेको नयाँ शक्ति दुई हप्ता नहुँदै गठबन्धनबाट बाहिरिएको हो ।
राप्रपा, राजपा, फोरम लोकतान्त्रिक लगायतका दलहरुसँग चुनावी तालमेलको तयारी गरेको कांग्रेसले नयाँ शक्तिसंग पनि केही क्षेत्रमा चुनावी तालमेलको तयारी गरेको छ ।