प्रतिनिधि कार्ड वितरणमा झडप

1783
views

काठमाडौं—शनिबारदेखि बौद्धस्थित होटल हायतमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं ग्लोबल सम्मेलनका क्रममा शनिबार झडप भएको छ । कार्ड वितरणका लागि व्यवस्थित संयन्त्र नहुँदा झडपको स्थिति सिर्जना भएको हो ।
व्यवस्थापन चुस्त नहुँदा तीन—चार घन्टा लाइन लाग्दा समेत प्रतिनिधि पत्र पाउन गाह्रो भएको थियो । आफू बसोबास गर्दै आएका देशका एनसीसीले पठाएका प्रतिनिधिको नामावली आइसीसीले व्यवस्थापन नगर्दा कार्ड वितरणमा लफडा भएको सहभागी एक प्रतिनिधिले बताए ।
‘कहिले कार्ड छैन भन्छन्। कहिलै नाम छैन भन्छन्। लाइनमा बसेको तीन घन्टा भइसक्यो। यो कस्तो व्यवस्थापन हो?’, अष्ट्रेलियाबाट आएका प्रतिनिधि हेमन्त काफ्लेले भने, ‘आइटीका ठूला गफ गर्ने नेतृत्वले यो अव्यवस्था सुधार गर्न जरुरी छ ।’
तीन—चार घन्टा लाइन लाग्दा समेत प्रतिनिधि पत्र पाउन गाह्रो भएको थियो। आफू बसोबास गर्दै आएका देशका एनसीसीले पठाएका प्रतिनिधिको नामावली आइसीसीले व्यवस्थापन नगर्दा कार्ड वितरणमा लफडा भएको अमेरिकाबाट आएका एक प्रतिनिधिले बताए ।
एनआरएनए सचिवालयले कार्ड वितरणको जिम्मा एउटा कम्पनीलाई भाडामा दिएको थियो । प्रतिनिधिले पैसा तिरेर पनि आफ्नो कार्ड नपाएपछि सम्मेलन स्थलमा झडप भएको हो । बारम्बार झडप भएपछि प्रहरी परिचालन गरेर स्थिति नियन्त्रमा लिइएको थियो ।