पाँच लाख घुसले तानिए बालाजुका डीएसपी

1811
views

काठमाडौं, २९ असोज । बालाजुका डिएसपी पाँचलाख घुस प्रकरणले अख्तियारमा तानिएका छन् । पाँचलाख घुससहित बालाजु प्रहरीको घुमुवा प्रहरी सहायक निरीक्षक (असई) चन्द्रसिंह भाट पक्राउ घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी बालाजु वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नविनकृष्ण भण्डारीलाई तानेको हो ।
भाटले अख्तियारसँगको बयानमा डीएसपी भण्डारीको संलग्नता खुलाएपछि थप अनुसन्धानका लागि भण्डारीलाई पक्राउ गरी अख्तियार पुर्याइएको हो । अख्तियार स्रोतका अनुसार भण्डारीलाई पक्राउ पुर्जी बिना पक्राउ परेका हुन् । अख्तियारले भण्डारीलाई पक्राउ पुर्जी थमाउने तयारी गरेको छ ।