लफिङ बुद्ध मुर्र्ति प्रतिस्थापनको भवन उद्धघाटन

1471
views

महेन्द्र जिसी
पर्वत, २९ असोज । आनन्द गुम्बामा लफिङ बुद्धको मुर्र्ति प्रतिष्ठापन गरीएको हो । ताओ एसोसीयसन नेपालको पहलमा निर्माण गरीएको प्रबचक कक्षमा मुर्ति प्रतिस्थापन गरीएको हो । ताओ गुरु चेन्तानले शनिबार नवनिर्मित प्रबचन कक्ष उद्धघाटन र मुर्ति प्रतिस्थापन गर्नुभएको हो ।

गुम्बाको प्रबचन कक्ष उद्धघाटन गर्दै चिनिया ताओ गुरु चेन्तानले मानिस जन्मदा भगवानको जस्तै आत्मा लिएर जन्मिने र आत्मा सांसारिक मोहमा फस्दै गएपछि मानव चोलामा बदलिने बताउनु भयो ।

आत्मालाई स्वच्छ र पवित्र राख्न सरकारात्म भावको विकास गुर्न आवश्यक रहेको बताउँदै ताओ गुरुले असल मार्गमा लाग्न सम्पुर्ण धर्मालम्बीहरुलाई आग्रह गर्नुभयो ।

संसारिक बस्तुहरुको मोहमा मानव जाती रहेका कारण मानीसको दुखको कारण बनेको बताउनु गुरुको भनाई थियो । संसारको सत्यता बुझेर बुद्ध भगवान बनेको बताउँदै संसारका आशक्तिहरु त्यागेर सम्पुर्ण प्राणीको भलाई गर्नु नै धर्मको सार रहेको चेन्तानले बताउनु भयो ।

कार्यक्रममा मोदी काली बुद्ध सेवा समाज र आनन्द गुम्बा आमा समुहको सह–आयोजनाको भूमिका निभाएको थियो ।