हावाहुरी लाग्दा विद्यालय बन्द, कोर्ष पुरा गर्ने कसरी ?

1468
views

महेन्द्र जिसी
पर्वत, २९ असोज । यहाँको एक विद्यालय हावाहुरी लाग्दा बन्द गरिन्छ । हावाहुरी नलाग्दा पठनपाठन हुन्छ । विद्यालय भवनको गाह्रो चर्किएका कारण भत्किने त्रासले खरीबोट माद्यमिक विद्यालयले यस्तो तरिका अपनाएको हो ।

भूकम्पका कारण चर्किएको विद्यालय मर्मत गर्ने आर्थिक नजुट्दा विद्यार्थी जोगाउन यस्तो गर्नुपर्ने वाद्यता आएको विद्यालयले जनाएको छ ।

भुकम्प गएको तीनवर्ष पुरा हुँदा समेत विद्यालय मर्मतको खर्च नभएपछि जोखीमयुक्त कक्षामा राखेर अध्यापन गराउँन नसकिएको विद्यालयका प्रधानाध्यापक श्याम प्रसाद पौडेलले बताउनुभयो ।

कुश्मा नगरपालिएका–१ स्थित खरीवोट माध्यमिक विद्यालयले सात कोठे भवन भुकम्पले क्षति पु¥याएपछि जोखिम मोलेर अध्ययन गराउँदै आएको हो ।

उक्त विद्यालयमा भुकम्पले १५ लाख रुपियाँ बराबरको क्षति बनाएको अनुगमन टोलिले प्रवेदन बुझाएको थियो । विद्यालयको यस्तो दयनिय अवस्थाले तीन सय जना विद्यार्थीको पठनपाठनमा समस्या उत्पन्न भएको छ । विद्यालयलाई कोर्ष पुरा गर्ने कसरी ? भन्ने प्रश्न खडा भएको अध्यापनरत शिक्षकहरुको भनाई छ ।