कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमकाबीच पार्टी एकता

753
views

काठमाडौं, ३० असोज । नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमका बीच पार्टी एकता भएको छ । अध्यक्ष विजयकुमार गच्छदार सोमबार कांग्रेस प्रवेश गरेपछि प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमकाबीच एकता भएको हो ।
दुई पार्टीकाबीच आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनपछि पदीय भागवण्डा मिलाउने सहमति सहित एकता भएको हो कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग विमति राख्दै शेरबहादुर देउवाको अगुवाइमा १५ वर्षअघि गठन भएको प्रजातान्त्रिक कांग्रेसमा गच्छदार पनि सहभागी थिए । उनी देउवा नेतृत्वको कांग्रेसमा महामन्त्री समेत बनेका थिए ।
०६४ मा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट चुनाव लड्न उनले प्रजातान्त्रिक कांग्रेस पनि छाडेका थिए । हाल नेपाल लोकतान्त्रिक फोरम अध्यक्ष गच्छदार नेतृत्वमा संसद्मा १७ सांसद थिए ।