मन्त्रपरिषद् गठन देउवाको राजनीतिक बेइमानी हो–यादव

744
views

विराटनगर, ३० असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनको संघारमा आएर प्रधानमन्त्री शेरबहादुर देउवाले जम्बो मन्त्रिपरिषद् गठन गरी राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन् ।
सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यादवले यस्तो आरोप लगाएका हुन् । उनले मन्त्रिपरिषद् विस्तार गरेर देउवाले मुलुकलाई खोक्रो बनाउने षड्यन्त्र गरेको पनि आरोप लगाए ।
यादवले प्रधानमन्त्री देउवाको निर्णय राजनीतिक अपराध भएको समेत धारणा राखे ।
त्यस्तै उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नायँ शक्ती नेपालवीच हालै भएको चुनावी गठबन्धन र पार्टी एकताको प्रयासबाट अन्य दल आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे ।