मेरो माईक्रो फाईनान्स वित्तिय संस्था लिमिटेडले पाँचौ बार्षिक साधारण सभा सम्पन्न

2153
views

रिना खनाल
नुवाकोट, ३० असोज । मेरो माईक्रो फाईनान्स वित्तिय संस्था लिमिटेडले पाँचौ बार्षिक साधारण सभा नुवाकोटमा सम्पन्न गरेको छ । संस्थाले हालसम्म ९ करोड ३६ लाख नाफा गर्नुका साथै ५० करोड निक्षेप रहेको निवर्तमान अध्यक्ष राजनसिंह भण्डारीले जानकारी दिनुएको छ ।

पाँचौ साधारण सभामा संस्थाका निवर्तमान अध्यक्ष राजनसिंह भण्डारीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले ४२ जिल्लाका विभिन्न ग्रामीण तथा अर्ध–शहरी, शहरी विपन्न समुदायमा ६० वटा शाखा कार्यालयहरु मार्फत ६५ हजार बढी विपन्न घरपरिवारहरुलाई वित्तीय साक्षरता सहितको लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ ।

संस्थाको सेवाबाट ३ लाख २५ हजार भन्दा बढी जनसंख्या लाभांवित भएको र ती परिवारहरुबाट ५४ करोड रुपैयाँ वचत संकलन मार्फत पूँजी सृजना गर्नु साथै ४५ हजार घर–परिवारहरुलाई २ अर्ब ५० करोड कर्जा प्रवाह गरी स्वरोजगार र लघु–व्यवसाय प्रवद्र्धन गर्ने अवसर प्रदान गरिएको पाँचौ साधारण सभामा जनाइएको छ ।

सो संस्थाले आर्थिक वर्ष २०७४/७५ मा थप ६ जिल्ला समेटी १५ वटा शाखा कार्यलयहरु थप गरी कूल ७५ शाखा कार्यालयहरु मार्फत करीब ९० हजार घरपरिवारलाई सेवा पु¥याउने लक्ष्य सहित ४ लाख ५० हजार भन्दा बढी जनसंख्या लाभांवित हुने गरी सेवा प्रदान गर्ने लक्ष्य लिएको र आयआर्जन कार्यको लागि ३ अर्ब ६५ करोड लगानी पु¥याउने प्रक्षेपण सहित आवश्यक प्रकृयामा अघि बढेको जनाएको छ ।

४२ जिल्लामा ६० वटा शाखा विस्तार गरिसकेको संस्थाले पहाडी जिल्ला तथा आर्थिक रुपले पछि परेका ग्रामीण समुदायमा कार्यक्रम विस्तारको योजना सहित लघुवित्त कार्यक्रमले छरिएर रहेका पेवापात, कन्तुरे रकमको वचत, बिना धितो र सीमित धितो कर्जा, ग्रामीण परिवेशमा रेमिटेन्स सेवा, लघुबीमा सञ्चालन गरिएको अध्यक्ष ठकुरीले बताउनुभयो । संस्थाले आर्थिकबर्ष ०७४ र ७५ को अन्त्यसम्म ५० जिल्लामा कुल ७५ शाखा पुर्याउने लक्ष्य लिएको जनाइएको छ । उक्त संस्थाले नुवाकोटमा कर्पोरेट कार्यालय स्थापना गरी विभिन्न जिल्लाहरुमा कार्य गर्दै आएको छ ।

मेरो माईक्रो फाईनान्स वित्तिय संस्था लिमिटेडको पाँचौं साधारण सभाबाट (प्राइम कमर्सियल बैंक लिमिटेड) का सन्जिब मान्नधर, (जनता बैंक नेपाल) का पृथ्वी नारायण श्रेष्ठ, (ग्लोबल आइएमइ बैंक) का आरती राज्यलक्ष्मी राणा र देब बिकास बैंक लिमिटेडका नरेश सिङ बोहोरालाई मेरो माईक्रो फाईनान्स वित्तिय संस्था लिमिटेडको सञ्चालकमा निर्विरोध चयन हुनुभएको छ ।