फेवातालमा पाँचवटा प्याराग्लार्इ्डिङ एकैसाथ दुर्घटना

674
views

पोखरा । पोखरामा पाँच वटा प्याराग्लार्इ्डिङ दुर्घटना भएका छन् । साराङकोटबाट उडेका ति प्याराग्लार्इ्डिङहरु हावाको सन्तुलन नहुँदा फेवातालमा खसेका हुन् ।
वडा प्रहरी कार्यालय बेदामका प्रहरी निरीक्षक बसन्त शर्माका अनुसार पाँच वटै प्याराग्लार्इ्डिङका चालक र यात्रुको उद्धार गरिएको छ । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरी खटिएका थिए । के कति प्याराग्लाइडिङ र व्यक्ति तालमा फँसेका छन् भन्ने यकिन हुन सकेको छैन ।