देउवाले चाहे माओवादीले सरकार छाड्ने–प्रचण्ड

695
views

काठमाण्डौ, ३०, असोज। नेकपा (माओवादी–केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेमा माओवादीले तत्काल सरकार छाड्ने बताए ।
सोमबार अनेरास्ववियू (क्रान्तिकारी) को पदाधिकारी बैठकलाई सम्बोधन गर्दै ‘माओवादीले नैतिकताको आधारमा सरकारमा बसिरहेको’ दाबी गरे ।
प्रचण्डले कांग्रेससँग सरकार गठन गर्दा यही सरकारले चुनाव सम्पन्न गराउने सहमतिसँगै प्रतिवद्धता गरेकोले सरकार नछाडेको बताए ।
सहमति तोडेको आरोप नखेप्न पनि सरकारमा बसेको प्रचण्डको भनाई छ । प्रचण्डले कसैलाई सिध्याउन नभई समाजवाद निर्माणको आधार तयार गर्न नेकपा (एमाले) सँग गठबन्धन गरिएको बताए । एमालेसँग गरिएको निर्वाचनको तालमेल पार्टी एकतासम्म पु¥याउने पनि प्रचण्डले जानकारी दिए ।