‘डिभिजन टूमा घटुवापछि कप्तान पारसको प्रतिक्रिया’

1036
views

काठमाडौं, ३० असोज। जारी आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शीर्ष चारभित्र पर्ने सम्भावना दुई खेलअघि नै समाप्त भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोली डिभिजन टूमा घटुवा भएको छ ।
सन् २००८ यता डिभिजन फाइव, फोेर, थ्री र टू हुँदै सन् २०१४ को जनवरीमा नामिवियामा भएको डिभिजन टू प्रतियोगितामार्फत नेपाली क्रिकेटले डिभिजन वानको ऐतिहासिक यात्रा तय गरेको थियो ।
सोही हैसियतमा दुईवर्षे प्रतियोगिता विश्व क्रिकेट लिगमा सहभागी भएको नेपाल छैटौं चरणको दोस्रो खेलमा हङकङसँग अंक बाँडेपछि डिभिजन घटुवा हुन पुग्यो ।
प्रतियोगितामा नेपालले १२ खेलमा मात्र ९ अंक जोड्यो । अन्तिम चरणका दुई खेल खेल्न बाँकी रहँदा चौथो स्थानमा रहेको हङकङको १४, स्कटल्याण्डको १५, पपुवा न्यूगिनीको १६ र नेदरल्याण्ड्सको १८ अंक छ ।
हङकङसँगको दोस्रो खेल खेल्नै नपाइ रद्ध हुनुले नेपाललाई डिभिजन टूमा र्पुयायो । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले आफ्नो टोलीले प्रतियोगितामा अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको स्वीकार गरे ।
‘प्रतियोगिताभर हामीले शत प्रतिशत प्रदर्शन गरेका हौं, बलिङतर्फ आलोचना गर्ने ठाउँ छैन, कप्तान पारसले भने’, ‘हामीले ब्याटिङमा राम्रो खेल प्रदर्शन भएन ।’