नागरिकता काण्डबारे वडा अध्यक्ष र सचिवको खुलासा

1163
views

विकास राज पौडेल
पर्वत, ३१ असोज । नागरिकताको उमेर घटाउन खोज्दा मच्चिएको सनसनिपूर्ण काण्डबारे वडा अध्यक्ष र सचिवले खुलासा गरेका छन् । फलेवास नगरपालिका–७ का वडा अध्यक्ष हरीराम रेग्मी र सचिव रामबहादुर परियारले विज्ञप्ती प्रकाशित गर्दै यस्तो खुलासा गरेका हुन् ।

गतहप्ता लिमिठाना निवासी सजना रेग्मीले नागरिकताको उमेर केरमेट गर्दै उमेर घटाउन दबाब दिएको र आफुहरुले गैर कानुनी काम गर्न नमानेपछि व्यक्तिगत तथा सामाजिक जीवनमा आँच आउने तथा मानहानि हुने ढंगवाट समाचार संप्रेषण गरेको भन्दै अध्यक्ष र सचिवले विज्ञप्ती प्रकाशित गरेका हुन् ।

अध्यक्ष र सचिवको संयुक्त विज्ञप्तीमा भनिएको छ– असोज २१ गतेको दिन फनपा–७ लिमिठाना निवासी सजना रेग्मीको नागरीकतामा उमेर परीर्वतन गरी नागरीकताको प्रतिलिपीको लागि सिफारीस मागिएको र आफुहरुले उमेर सच्यायर सिफारीस दिन नसक्ने जनाएपछि त्यसैको आक्रोशमा झुट समचार प्रकाशन गरी चरीत्र हत्या हुने कार्य गरेको भन्दै संयुक्त विज्ञप्ति निकालेका हुन् ।

सोही विज्ञप्तीमा भनिएको छ ‘नियम विपरीत सिफारीस दिन नसक्ने जनाएपछि वडा अध्यक्षको घरमा विभिन्न गालिगलौज गर्दै वडा कार्यलयमा आगो लागाईदिने धम्कि दिएको र आफु नियम विपरीत जान नसक्ने भनेपछि सोही विषयलाई लिएर महिला माथि हातपात गरेको भन्ने झुटो विवरण सहित चरीत्र हत्याहुने गरी सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा राजनितिक दलको झण्डा सहितको फोटो राखि समाचार संप्रेषण गरीएको भन्दै विज्ञप्ति मार्फत भत्र्सना गरीएको छ । नागरीकता सच्याउन माग गर्दै वडा सचिव रामबहादुर परीयारलाई आर्थिक प्रलोभन देखाईएको समेत सो विज्ञप्तीमा उल्लेख गरीएको छ ।

आफुलाई आर्थिक प्रलोभन देखाईएपनि नियम विपरीतको कार्य गर्न नसक्ने जनाएपछि सचिवले ३ हजार घुस लिएको भन्दै झुटोप्रचारबाजी गरीएको विज्ञप्तिमा जनाईएको छ ।