गजल खाडीमा ज्यान छ, नेपालमा मन छ ।
यस्तै यस्तै उल्झनमा मेरो जीवन छ ।।
बिहेको निम्तो दिँदै साथीले भन्यो ।
भोलि मेरी श्रीमती को बिमोचन छ ।।
अँगालो यसरी हालिएछ निष्ठुरीलाई ।
उसैको छातीमा दिलको धड्कन छ ।।
धोका दिएपछि प्रेमिका यस्तो भन्छे ।
हाम्रो गाउँमा यस्तै यस्तै प्रचलन छ ।।
के गर्छ्यौ समयले खुकुरी थमाइदिए ।
यता बाको बचन छ उता मेरो गर्धन छ ।। –विनोद विवश
जैमिनी ०१, बागलुङ