‘म्यान बुकर प्राइज २०१७’ अमेरिकी लेखक जर्ज सान्डर्सलाई

1319
views

कात्तिक १ गते । यो वर्षको ‘म्यान बुकर प्राइज’ अमेरिकी लेखक जर्ज सान्डर्सले जितेका छन्। छोटा कथाहरु लेखेर चर्चा कमाएका सान्डर्सले पहिलो उपन्यास ‘लिकंन इन द बार्डो’ बाटै उक्त पुरस्कार हात पारेका हुन् । अघिल्लो वर्षको बुकर पनि अमेरिकी लेखक पाउल बिट्टीले जितेका थिए । ‘लिकंन इन द बार्डो’ १८६२ मा अब्राहम लिकंनले आफ्नो ११ वर्षे छोरा विलीको दाहसंस्कार गरेको वास्तविक घटनामा आधारित पुस्तक हो। यसमा आफ्नो छोराको निधनपछि अब्राहम लिंकनको दुःख तथा छोराको चिहानसम्म लिंकनको यात्रालाई बयान गरिएको छ ।
बुकरको सर्ट्लिस्टमा छनोट भएका बेलायती लेखक अली स्मिथ र फियोना मोज्ली, अमेरिकी लेखक पउल अस्टर र एमिली फ्रिडलण्ड तथा पाकिस्तानी मूलका बेलायती लेखक मोहसिन हमिदलाई पछि पार्दै सान्डर्सले पुरस्कार हात पारेका हुन् ।
सान्डर्सले यसअघि फिक्सनका लागि १९९४, १९९६, २००० र २००४ मा नेसनल म्यागेजिन अवार्ड समेत प्राप्त गरेका थिए। १९९७ मा ओ. हेनरी अवार्डमा समेत उनी दोस्रो हुन सफल भएका थिए। २००६ मा उनको छोटो कथाको पुस्तक ‘कोमकोम’ ले वर्ल्ड फेन्टासी अवार्ड प्राप्त गरेको थियो भने २०१३ मा उनको ‘टेन्थ अफ डिसेम्बर’ले स्टोरी प्राइज प्राप्त गरेको थियो। एजेन्सी