डा. केसीको अनसन अन्त्य, अध्यादेशमार्फत् चिकित्सा विधेयक ल्याउने सहमति

792
views

काठमाडौं, १ कात्तिक । सरकारले चिकित्सा शिक्षा विधेयक संशोधनसहित पारित गर्ने १० बुंदे लिखित प्रतिवद्धता जनाएपछि डा. गोविन्द केसीले अनसन तोडेका छन् । डा. केसीले बुधबार अनसन तोडेका हुन् ।
उनी चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्नुपर्ने लगायतका माग राखेर १४ दिनअघि अनशन बसेका थिए ।
सरकारले अध्यादेशमार्फत् विधेयक ल्याउने प्रतिवद्धता जनाएको छ । सरकारको यहि प्रतिवद्धता पछि डा. केसीले १० वर्षीया बालिका रोजिना तामाङको हातबाट पानी र मह खाएर अनसन अन्त्य गरे ।
सरकार र डा. केसीबीच भएको सहमति पत्रमा चिकित्सा शिक्षा विधेयक ल्याउने, आईओएमको शुल्क घटाउने, त्रिभुवन र काठमाडौं विश्वविद्यालयमा भएको अनियमिततामा संलग्नलाई कारवाही गर्ने, मेडिकल कलेज खोल्ने अनुमति दिँदा जनसंख्या, भूगोललगायतलाई आधार मान्नेलगायत बिषय उल्लेख छन् ।