स्थायी सरकार निर्माणका लागि निर्वाचन अत्यावश्यक–थापा

789
views

काठमाडौं २ कार्तिक । उद्योगमन्त्री सुनिलबहादुर थापाले स्थायी सरकार निर्माणका लागि निर्वाचन अत्यावश्यक भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा बोल्दै थापाले लोकतान्त्रिक एकता र वाम एकताले गर्दा स्थायी सरकार बन्ने सम्भावना बढेको बताउनुभयो ।

“लोकतान्त्रिक वा वाम एकले बहुमत ल्याएर सरकार बनाउने भएकाले सरकार स्थायी हुन्छ,’ मन्त्री थापाले भन्नुभयो ‘धेरै समयअघि देखि पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले लोकतान्त्रिक शक्तिबीच एकता हुनुपर्छ भन्नुभएको थियो त्यो आज पूरा भएको छ’ उहाँले भन्नुभयो ।