देशवासीलाई ओली भन्छन्– सबैको हित गर्नसक्ने प्रतिनिधि छान्नुहोस्

700
views

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा देशभक्त उम्मेदवारलाई निर्वा्चित गर्न आह्वान गर्नुभएको छ ।
नेपाल संवत्को नयाँ वर्ष ११३८ का अवसरमा स्वेदश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त अध्यक्ष ओलीले संघ र प्रदेशको निर्वाचनमा सबै जाति, संस्कृति र सम्प्रदायको हितमा काम गर्नसक्ने जनप्रतिनिधि छान्ने विवेक सबैले पुर्याउनुहुनेछ भन्ने विश्वास आफूले लिएको बताउनुभएको छ ।
आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले नेपाल संवत् नेपालीको मौलिक पहिचान बोकेको पर्व रहेको उल्लेख गर्नुभएको छ । ‘नेपाल एउटा मौलिक संस्कृति र पहिचान भएको देश हो । नेपाल संवत् नेपालको मौलिक संवत् हो”– उहाँले भन्नुभएको छ, नेपाल संवत्को यो नयाँ वर्ष मनाइरहँदा यसका प्रणेता शंखधर साख्वालाई पनि म स्मरण गर्न चाहन्छु ।
शुभकामना सन्देशमा भनिएको छ, नेपाली संस्कृतिका धनी छौँ । यो देशमा बसोबास गर्ने १२५ जाति र यहाँ बोलिने १२३ भाषा नेपालीका निधि हुन् । नेपालमा बस्ने सबै जाति र सम्प्रदायको संरक्षण गर्ने दायित्व सरकारको हो ।