वीरगञ्‍ज नाकाको निर्यात आधा घट्यो

874
views

मंगलवार,७ कात्तिक २०७४,
देशको प्रमुख भन्सार भएको वीरगन्ज नाकाबाट भारत तथा तेश्रो मुलुकमा निर्यात हुने मालसामानको कारोबार झण्डै आधाले घटेको छ। गत आर्थिक वर्ष २०७३र०७४ को पहिलो तीन महिनाको भन्दा चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधीमा वीरगन्ज नाका हुदै विदेशमा निर्यात हने माल सामानको कारोबारमा ४० प्रतिशतले कमी आएको हो।
चालु आर्थिक वर्ष २०७४र०७५ को साउन देखि असोज सम्म तीन महिनाको अवधीमा नेपालबाट वीरगन्ज नाका हुदै भारत तथा तेश्रो मुलुकमा दुइ अर्ब ६१ करोड ६१ लाख ७० हजार रुपैया मुल्यको मालसामान निर्यात भएको छ। गत आर्थिक वर्ष २०७३र०७४ को पहिलो तीन महिनाको अवधीमा भने वीरुगन्ज नाका हुदै चार अर्ब ३३ करोड ६९ लाख रुपैया मुल्यको मालसामान विदेश निर्यात भएको थियो। त्यस्तै गत आर्थिक वर्षको पहिलो तीन महिनाको भन्दा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगन्ज नाका हुदै एक अर्ब ७२ करोड सात लाख ५२ हजार कम मुल्यको मालसामान विदेश निर्यात भएको थियो । गत आर्थिक वर्षको भन्दा यसपालीको तीन महिनाको अवधिमा झण्डै आधा मालासामान वीरगन्ज नाकाबाट विदेश निर्यात भएको यादवले बताए।वीरगन्ज नाका हुदै सबै भन्दा बढि जुस, स्पोर्टस जुत्ता , दन्तमन्जन, कपडा, जिआइ फलामे पाइप, जीवजन्तुको दाना, उनीको गलैचा, आर्युवेदिक औषधि, लगायतका सामानहरु भारत तथा तेश्रो मुलुकका लागि निकासी हुने गरेको भन्सार कार्यालय प्रमुख सेवन्तक पोखरेलले बताए।
चालु आर्थिक वर्षको तीन महिनाको अवधीमा सबै भन्दा बढि ८७ करोड ११ लाख ३३ हजार रुपैया मुल्य बराबरको एक करोड २० लाख १५ हजार तीन सय ६७ लिटर जुस भारत निर्यात भएको भन्सार कार्यालयको तथ्याङकमा उल्लेख छ।
तीन महिनाको अवधीमा वीरगन्ज नाकाबाट निर्यात भएका सबै जुस बाराको रामपुर टोकनीमा रहेको बहु राष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिले उत्पदान गरेको हो।भन्सार कार्यालय प्रमुख पोखरेलका अनुसार तीन महिनाकै अवधीमा ३८ करोड १५ लाख ४४ हजार रुपैया मुल्य बराबरको कपडाको थान र रेडीमेड कपडा, १६ करोड ३८ लाख ८५ हजार रुपैया मुल्य बराबरको स्पोटर्स जुत्ता तथा १५ करोड २२ लाख ७५ हजार रुपैया मुल्य बराबरको बत्तीसा त्रिफला र चवन प्रवास वीरगन्ज नाका हुदै भारत तथा तेश्रो मुलुकहरुमा निकासी भएको छ।

यस्तै नौ करोड ३१ लाख सात हजार रुपैया मुल्यको दन्त मन्जन , आठ करोड ८७ लाख १४ हजार रुपैया मुल्यको पिना , आठ करोड ५६ लाख २४ हजार मुल्य बराबरको उनी गलैचा , सात करोड आठ लाख ७३ हजार रुपैयाको जीवजन्तुको दाना , पाच करोड ९८ लाख ३५ हजार रुपैयाको जीआइ फलामे पाइप र पाच करोड १८ लाख ८९ हजार मुल्यको आर्युवेदिक औषधि पनि भारत तथा तेश्रो मुलुकमा वीरगन्ज नाका हुदै निर्यात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।
नेपालबाट वीरगन्ज नाका हुदै भारत तथा तेश्रो मुलुकमा निर्यात हुने जुस , कपडा , स्पोर्टस जुत्ता , दन्त्मन्जन, जीआइ फलामे पाइप , उनि गलैचा, जीवजन्तुको दाना र आर्युवेदिक औषधी लगायतका सामान कम परिणममा निकासी भएका कारण नै गत आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विदेशमा निर्यात हुने मालसामानको कारोबारमा कमी आएको भन्सार कार्यालयका सुचना अधिकारी यादवले बताए।नेपालबाट वीरगन्ज नाका हुदै सबै भन्दा बढि डाबरको जुस नै हो, उनले भने, ’तर पछिल्लो समयमा बहुराष्ट्रिय कम्पनी डाबरले भारतमै उत्पादनमा बृद्धि गरेका कारण नेपालबाट उसको निर्यात घटेको छ , जसको असर नेपालबाट भारतमा निर्यात हुने मालसामानको कारोबारमा परेको हो।
तीन महिनामा ८६ अर्ब ४९ करोडको विदेशी सामान आयात
वीरगन्ज नाकाबाट चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अवधीमा भारत तथा तेश्रो मुलुकबाट मालसामानको आयात भने बढेको छ।
चालु आर्थिक वर्ष २०७४÷०७५ को साउन देखि असोज सम्म तीन महिनाको अवधीमा भारत तथा तेश्रो मुलुकबाट वीरगन्ज नाका हुदै ८६ अर्ब करोड ४९ लाख आठ हजार रुपैया बराबरको मालसामान आयात भएको छ।
गत आर्थिक वर्ष २०७३÷०७४ को यहि तीन महिनाको अवधीमा भने वीरगन्ज नाका हुदै ७५ अर्ब ६ करोड तीन लाख ६० हजार रुपैया बराबरको मालसामान विदेशबाट आयात भएको थियो। तर चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत आर्थिक वर्षको पहिलो तीन महिनाको भन्दा ११ अर्ब बढि मुल्यको मालसामान वीरगन्ज नाका हुदै नेपाल भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।
तीन महिनाको अवधीमा सबै भन्दा बढि १२ अर्ब ७१ करोड २१ लाख ९३ हजार रुपैया बराबरको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल , मट्टीतेल , हवाइ इन्धन र हाइ स्पीड डिजेल) आयात भएको छ।यस्तै १० अर्ब १९ करोड ७८ लाख २१ हजार मुल्यको नयाँ सवारी साधन, दुइ अर्ब ९५ करोड एक लाख २८ हजार रुपैयाको एलपी ग्याँस , दुइ अर्ब ६८ करोड ९६ लाख सात हजार रुपैया बराबरको सिमेन्ट क्लिन्कर तीन महिनाको अवधीमा वीरगन्ज नाका हुदै भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएका छ।
चालु आर्थिक वर्ष २०७४र०७५ को साउन देखि असोज सम्म तीन महिनाको अवधीमा आयात भएका मालसामानबाट वीरगन्ज भन्सार कार्यालयले ३० अर्ब ५६ करोड ३३ लाख ४३ हजार रुपैया राजश्व संकलन गरेको छ।
चालु आर्थिक वर्ष २०७४÷०७५ को साउन देखि असोज सम्म तीन महिनाको अवधीमा वीरगन्ज भन्सार कार्यालयले भन्सार विभागले लिएको लक्ष्य भन्दा तीन प्रतिशतले बढि अर्थात लक्ष्य भन्दा ९९ करोड ७० लाख सात हजार बढि राजश्व संकलन गरेको हो।
भन्सार विभागले चालु आर्थिक वर्षको साउन देखि असोज सम्म तीन महिनाको लागि वीरगन्ज भन्सार कार्यालयलाइ २९ अर्ब ५६ करोड ६३ लाख ३४ हजार रुपैया राजश्व संकलनका लक्ष्य दिएको थियो।

चालु आर्थिक वर्षको तीन महिनाको अवधीमा वीरगन्ज भन्सार कार्यालयले संकलन गरेको राजश्व मध्ये भन्सार राजश्व तर्फ ११ अर्ब १७ करोड १३ लाख ६९ हजार, मुल्य अभिवृद्धि कर तर्फ ११ अर्ब ६ करोड ४३ लाख दुइ हजार , अन्त शुल्क तर्फ ६ अर्ब ६२ करोड ८० लाख ८७ हजार ,सडक पुर्वधार कर तर्फ एक अर्ब १७ करोड ३१ लाख ९८ हजार रुपैया राजश्व संकलन भएको भन्सार कार्यालयका प्रमुख पोखरेलले जानकारी दिए।
वीरगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७३÷०७४ को साउन देखि असोज सम्म तीन महिनाको अवधीमा भने २७ अर्ब १७ करोड ५६ लाख २८ हजार रुपैया राजश्व संकलन गरेको थियो।