गुल्मी दुर्घटनामा परी ९ जनाको मृत्यु,

763
views

 कार्तिक १३,२०७४
गुल्मी: बुटवलबाट गुल्मी जाँदै गरेको माइक्रोबसलाई विपरीत दिशाबाट आएको जिपले ठक्कर दिँदा भएको दुर्घटनामा परी १४ जना यात्रुमध्य ९ जनाको मृत्यु भएको छ।

बुटवलबाट १३ यात्रु लिएर गुल्मीको तम्घास जाँदै गरेको बा४ख ५५०१ माइक्रोबसलाई सोमबार दिउँसो दुई बजे गुल्मी दरबार गाउँपालिका–४ बीरबासमा लु१च ४५२२ नम्बरको जिपले ठक्कर दिएको हो। जिपको ठक्करपछि माइक्रोबस भिरबाट खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुरागकुमार सुबेदीले बताए। ६ यात्रुको घटनास्थलमा र ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बस सडकबाट करिव ४ सय मिट तल खसेको र घटनास्थल अफ्ठ्यारो स्थानमा भएको हुँदा वैकल्पिक मागको प्रयोग गरि उद्धार कार्य उनले जानकारी दिए। प्रहरी अहिले घटनास्थल पुगी उद्धार सुरु गरिसकेको उनले बताए। अहिले घटनास्थलमा प्रहरी र स्थानीयबासीले उद्धार गरिरहेका छन्।
दुर्घटनाका घाइतेलाई उपचारका लागि पाल्पा पठाउने तयारी भैरहेको उनले जानकारी दिए। दुर्घटनाको कारण खुल्न सकेको छैन। गाडीमा चालकसहित १५ जना रहेकामा ५ जनालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ।