पहिरोका कारण बुटवल–तानसेन सडक खण्ड अवरुद्ध

1829
views

बुटवल, १५ असोज । पहिरोका कारण बुटवल–तानसेन सडक खण्ड अवरुद्ध भएको छ । तीन दिनदेखि खसिरहेको पहिरोले सडक पूर्ण रुपमा पुरिएपछि गएरातिदेखि पुनः अवरुद्ध भएको हो । शुक्रबारदेखि अवरुद्ध सडक शनिबार दिउँसो एकतर्फी रुपमा सञ्चालनमा आएको थियो । राति ठूलै पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको र दिउँसोसम्म खुल्न सक्ने अनुमान गरिएको छ । सडक अवरुद्ध हुँदा बुटवलबाट उत्तरतर्फ हिडेका यातायातका साधनहरु अलपत्र परेका छन् । दसैंमा मान्यजनको हातबाट टीका लगाउन हिडेकाहरु शनिबारदेखि नै पाल्पा क्षेत्रमा अलपत्र परेका छन् ।
यस्तै गुल्मीको तम्घास(रिडी सडक अवरुद्ध बन्दा यात्रुहरुले सास्ती खेप्नु परेको छ । रेसुंगा नगरपालिकाको दुबिचौर भगारीमा खसेको धुले पहिरोले पाँचदिनदेखि सडक अवरुद्ध हुदै आएको छ । सडक अवरुद्ध हुँदा दसैंका लागि घर हिडेकाहरु वैकल्पिक रुट प्रयोग गरेर गन्तव्यमा पुगेका थिए ।