एमालेको प्रस्तावमा माओवादी सकरात्मक, कम्जोर ठाउँमा तालमेलको सम्भावना

1636
views

काठमाडौं १६ असोज । प्रदेश नं २ मा कम्जोर नतिजा भोगेको एमालेले माओवादी केन्द्रसँगको सचुनावी तालमेललाई प्राथमिकता दिएपछि माओवादी केन्द्र पनि सकरात्मक देखिएको छ ।

आगामी चुनावमा तालमेल गर्ने नेकपा एमालेको प्रस्तावलामा माओवादी केन्द्र सकारात्मक देखिएको हो । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरुले सबैदलसँग सबै ठाउँमा तालमेल हुने र एमालेसँग बलियो तालमेल गर्न तयार रहेको बताएका छन् । एमालेले आगामी चुनावमा वामपन्थी दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ । माओवादी पनि परिवर्तनकारी शक्तिको पक्षमा भएकाले एमालेसंग तालमेल गरेर जान तयार रहेको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् । भुसालले आफुहरु बलियो भएको ठाउँमा एक्लै जाने र कम्जोर भएको ठाउँमा तालमेल गरेर जाने कुरामा सकरात्मक रहेको बताईन् । उनले भनिन्, ‘अब कोसँग कसरी गर्ने भन्नेमा आज बस्ने माओवादी केन्द्रको बैठकले निर्णय लिन्छ ।’

अब नेपाली काँग्रेस पनि कसरी प्रस्तुत हुनसक्छ, त्यो पनि छलफलको विषय हुनेछ । तर एमाले लगायतको वामपन्थी शक्तिहरु मिलेर जाने सकारात्मक लिने उनले बताइन । प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा गर्ने सरकारको निर्णय अनुसार दलहरु तयारीमा लागेका छन् ।