एकता भाँडिने सम्भावना छ, होसियारीपूर्वक लिईदिनुहोस्–झलनाथ खनाल

2019
views

नवदृष्टि संवाददाता
असोज १७ गते । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको पछिल्लो राजनीतिक गतिले देश नै तरङ्गित बनेको छ । दुई दलबिचमा चुनावी तालमेलदेखि पार्टी एकतासम्मको प्रयासले सबैको ध्यान आकर्षित भएको बेला पूर्व प्रधानमन्त्री झलनाथ खनालले एकता भाँडिने सम्भाावनलाई होसियारपूर्वक लिन अनुरोध गरेका छन् ।
खनालले माओवादीसँग पार्टी एकताको सन्र्दभमा नेकपा एमाले यो देशका सबै बामपन्थी दलहरुलाई एकता गराउन धेरै पहिलेदेखि प्रयासरत रहेको बताउँदै त्यो प्रयास र पहल अहिले पनि जारी रहेको बताए ।
उनले घनिभूत रुपमा भइरहेका वार्ता सकारात्मक रुपमा अगाडि बढिरहेकोले माओवादीसँगको एकताले केही दिनमा पूर्णता पाउने दाबी गरे । बाम एकताका बारेमा धेरै अगाडिदेखि चर्चा चलिरहेको बेला नेता पूर्व प्रधानमन्त्री समेत रहेका खनालले ४६ सालको परिवर्तनपछि ४८ सालमा भएको चुनावमा पनि बाम एकताको कुरा उठाइएको र ‘एक बाम एक ठाम’ गरौँ भन्ने नारा आफुहरुले नै अगाडी सारेको बताए । उनले भने ‘ तात्कालिन परिस्थितिमा दुर्भाग्यवस एकता हुन सकेन । अहिले जुन ठाउँमा आइपुगेका छौँ, यो ऐतिहासिक कालखण्ड हो । समाजवादको लक्ष्य लिएर अगाडि बढ्नुपर्ने अवस्थामा बामपन्थी र देशभक्त एकताको जरुरी छ । देशको आवश्यकता भएकाले एकता महत्वपूर्ण हो ।’
खनालले एमाले र माओवादीबिचको विवाद र तिक्ततालाई मध्यनजर गर्दै दुवै पार्टीमा उक्त विवाद र तिक्तता साम्य भएको जिकिर गदैृ भने ‘दुई पार्टीका बिचमा सैद्धान्तिक, वैचारिक, नीतिगत, संगठनात्मक लगायतका सवालमा अहिले पनि मतभिन्नताहरु छन्, ति मतभिन्नताहरुलाई विस्तारै कम गर्दै अगाडि बढ्नुपर्छ मुख्य कार्यनीतिको दिशा अर्थात संविधानले गरेको मार्गनिर्देशन पछ्याउनुपर्छ ।’
खनालले माओवादी र एमालेबिच ६०–४० को भागबण्डा गरेर आगामी चुनावमा तालमेल गर्ने विषयमा स्पष्ट पार्दै घोषणा गर्न बाँकी रहेको बताए । उक्त कुरा अहिले वार्ता प्रक्रियामा चलेकोले एकदुई दिनमै सार्वजनिक गर्ने बताए ।
एमालेका पूर्व अध्यक्ष समेत रहेका खनालले तपाईहरुको एकता भाँडिने हो कि भन्ने पश्नमा यो सम्भावना पनि छ । मिडियाले एकताको विषयलाई होसियारीपूर्वक अगाडि बढाइदिन आग्रह गर्दै अनावश्यक चर्चा नगरिदिन आग्रह गरे ।
बामपन्थी एकता भोलीका दिनमा हात्ती आयो हात्ती आयो फुस्सा भनेजस्तो हुने त होइन भन्ने अर्को प्रश्नमा खनालले त्यो उखानमा चाँही हात्ती आएर फुस्सा हुन्छ । तर नेकपा एमालेले सबै बामपन्थी शक्तिलाई एकताबद्ध गरेपछि त्यो सफल हुन्छ । अहिलेको हात्ती फुस्सा हुने खालको छैन । यसले त अर्कै भूकम्प ल्याउने र अन्तराष्ट्रय जगतमा नै तरङग ल्याउने बताए । नेकपा एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत रहेका झलनाथ खनालले ऋषि धमलासँगकाे कुराकानीमा यस्तो बताएका हुन् ।