अबको निर्वाचनमा कसरी जाने भन्ने विषयमा माओवादी–काँग्रेसको वार्ता–कोईराला

1389
views

नवदृष्टि संवाददाता
आश्विन १७ गते ।  नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री शसांक कोइरालाले देशलाई समृद्ध बनाउनका लागि सम्पूर्ण लोकतन्त्रवादी शक्ति एकजुट भएर अगाडी बढ्नुपर्ने बताएका छन् । नेपालप्रेस युनियन रुपन्देहीद्वारा मंगलबार भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन कांग्रेसको मुख्य भुमिका रहेको दाबी गरे ।
नेपाली कांग्रेसको संगठन अलि तल खस्केको कारण माओवादीलाई सँगै लिएर जानु पर्ने बाध्यतात्मक परिस्थिति रहेको उनको भनाई थियो ।
आगामी निर्वाचनमा बामपन्थी शक्तिबीच गठबन्धन गर्ने एमालेको निर्णयबारे पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै कोइरालाले माओवादीलाई यहाँसम्म र्डोयाउने काम कांग्रेसले गरेको र आगामी निर्वाचनमा कसरी जाने ? भन्ने विषयमा वार्ता भइरहेको जनाए ।
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा कतिपय स्थानमा माओवादी केन्द्रसँग तालमेलपनि गरेको प्रसंग उनले उल्लेख गरेका थिए ।