एमाले–माओवादीबीच तालमेलको सहमति, प्रतिनिधिसभा तथा प्रदेश सभाको चुनावमा आ–आफ्नै चुनाव चिन्ह

2177
views

काठमाण्डौ, १७ असोज । एमाले र माओवादी केन्द्रकाबीच आउँदो प्रतिनिधिसभा तथा प्रदेश सभाको चुनावमा आ–आफ्नै चुनाव चिन्ह लिएर तालमेल गर्ने समझदारी भएको छ । तालमेलबारे स्पष्ट पार्नका लागि संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा ६० र ४० को अनुपातमा गठबन्धन बनाउने सहमति सहित गठबन्धन बनाएर निर्वाचन लडेपनि दुई दलले आ–आफ्नै चुनाव चिह्नमा प्रतिष्पर्धा गर्ने समझदारी बनेको हो ।

ललितपुरको मानभवनमा एमाले र माओवादीका शीर्ष नेताबीच भएको छलफलपछि संयुक्त पत्रकार सम्मेलन डाकिएको छ । नेताहरुबीच पार्टी एकताबारे पनि छलफल भएको छ ।

पार्टी एकताका विषयमा छलफललाई अघि बढाउन दुवै पक्षका नेता सम्मिलित एकता संयोजन समितिको घोषणासमेत आजै हुनेछ । आलोपालो सरकारको नेतृत्व गर्ने साझा विधान बनाउने लगायतका विषयमा समेत समझदारी कायम भएको छ ।