डेमोक्र्याटहरुको नयाँ एलायन्स बनाउने तयारी गर्दै–काँग्रेस

1851
views

काठमाण्डौ, १७ असोज । प्रचण्डले साथ छोडेपछि नयाँ राणनीति तय गर्न काँग्रेसको बालुवाटारमा गोप्य बैठक बसेको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले एमालेसँग तालमेल गर्ने र चुनावपछि पार्टी एकता गर्ने भनेर निर्णय गरेसँगै प्रमुख दल नेपाली कांग्रेसको अहिले गोप्य बैठक बसेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा कांग्रेसले पनि नयाँ गठबन्धन बनाउनेबारे तयारी थालेको छ । उसले डेमोक्र्याटहरुको नयाँ एलायन्स बनाएर जानेबारे बृहत्त तयारी थालेको छ ।

कांग्रेसले राजपा नेपाल, संघीय समाजवादी फोरम नेपाल, विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम, कमल थापा नेतृत्वको राप्रपा, राप्रपा प्रजातान्त्रिक र साना प्रजातान्त्रिक पार्टीहरुलाई बलियोसँग लिने तयारी गरिरहेको छ । बैठकमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।