फोरम उपमहासचिव शाह कांग्रेसमा जाने घोषणा

1772
views

असोज, १७ गते । संघीय समाजवादी फोरम नेपालका उपमहासचिव अभिषेक प्रताप शाहले पार्टी परित्याग गर्दै कांग्रेसमा जाने घोषणा गरेका छन् ।स्वेच्छाचारी नेतृत्व भएको आरोप लगाउँदै शाहले पार्टीका सबै पदबाट राजीनामा दिई कांग्रेसमा जाने घोषणा गरेका हुन् ।
नेपाल प्रेस यूनियनले सदमुकाम तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मधेश र मधेशी जनताको भावना अनुसार पार्टी नेतृत्वले काम गर्न नसकेको शाहले आरोप लगाएका छन् ।
कपिलवस्तु निर्वाचन क्षेत्र नं. ५ का सांसद शाहले पार्टी नेतृत्वले मधेशलाई २ नम्वर प्रदेशमा मात्रै सिमित गरेको, समानुपातिक सांसद बनाउँदा ठूलो रकम लिने गरेको, मधेश आन्दोलनबाट नेतृत्वमा रहेका मधेशी नेताहरुले अकुत सम्पत्ति कमाएको समेत शाहले आरोप लगाएका छन् ।
स्रोतका अनुसार केही दिनमै नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाको उपस्थितिमा जिल्लामा आयोजना हुने कार्यक्रममा नेता शाह नेपाली कांग्रेसमा प्रवेश गर्ने जनाइएको छ ।