किम जोङको पछिल्लो भनाईः ट्रम्प कागजी बाघ हुन् धम्कीबाट डराउनु पर्दैन

1885
views

काठमाडौँ, १८ असोज । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कागजी बाघ भएको बताउँदै धम्कीबाट नडराउने बताएका छन् ।
अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले चिनियाँ अधिकारीसँग किम जोङसँग वार्ताको पहल गरिदिनु आग्रह गरेपछि राष्ट्रपति ट्रम्पले वार्ताको लागि समय खेर नफाल्न सुझाव दिएका थिए ।
उत्तर कोरियाली संचारमाध्यमका अनुसार नेता उनले सरकारी उच्च अधिकारीसँग छलफलमा अमेरिकी साम्राज्यवाद र राष्ट्रपति ट्रम्प कागजी बाघ भएको बताउँदै डर र धम्कीबाट कोही डराउनु नपर्ने बताए । ट्रम्पले मुर्खता गर्न सक्ने भन्दै उनले सम्भावित खतराको लागि भने सधै तयार रहन निर्देश समेत दिए ।
राष्ट्रसंघको महासभामा बोल्दै उत्तर कोरियाको विनाशको विकल्प नभएको बताएपछि नेता उन आक्रमक बनेका छन् ।
विदेशमन्त्री टिलर्सनले चीन पुगेर आफूहरु उत्तर कोरियासँग युद्ध भन्दापनि वार्ताको माध्यमबाट समस्या समाधान गर्ने तर्क गरेका थिए ।