मोहनविक्रमको विश्लेषणः एमाले–माके एकता स्वभाविक वैद्यसँग एकता गर्ने संकेत

1949
views

गकाठमाण्डौ, १८ असोज । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता स्वभाविक भएको बताएका छन् । सिंहले राजनीतिक सिद्धान्त र दर्शनमा भिन्नता नभएपछि बेग्लै बस्नुको अर्थ नरहने भनदै उक्त एकतालाई स्वाभाविक भएको बताए ।
अध्यक्ष सिंहले एक संचारमाध्यमसँग कुरा गर्दै एमाले र माओवादी केन्द्र पहिले नै मिलिसकेको बताउँदै अहिले औपचारिक घोषणा मात्रै गरेको दाबी गरे । उनले माओवादी केन्द्रले आफूले उठाएका राजनैतिक एजेण्डा छोडेर एमालेकरण भएका कारण एकता स्वभाविक भएको प्रष्ट्याए ।
उनले एमालेले राष्ट्रियताको पक्षमा लिएको अडान सही भएपनि अन्य धेरै विषयहरु घातक रहेको समेत बताए ।
विचार र सिद्धान्त पहिले नै मिलिसकेको बताउँदै सिंहले एमाले र माओवादी केन्द्र दक्षिणपन्थी बाटोमा दौडीरहेकाले आफूहरु एकता गर्न नसक्ने बताए । उनले मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी माओवादीसँग सहकार्य हुनसक्ने बताए ।