निर्वाचन आयोगले तोक्यो मंसिर १० को निर्वाचनका लागि अधिकृत

1876
views

काठमाडौँ, १८, असोज । निर्वाचन आयोगले प्रदेश र संघको पहिलो चरणको निर्वाचनका लागि निर्वाचन अधिकृत तोकेको छ । आउँदो मंसिर १० गते हुने गइरहेको पहिलो चरणको निर्वाचनका लागि १६५ जना निर्वाचन अधिकृत तोकेको हो ।

आयोगले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै १६५ मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र ९ जना जगेडा अधिकृत नियुक्त गरेको जनाएको छ । अयोगले अधिकृतको कार्यक्षत्र समेत तोकेको छ ।