नक्कली कम्युनिष्टहरुको एकता भारतको पहलमाभएको हो–बिजुक्छे

1941
views

भक्तपुर, १८ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले तीन पार्टीको एकतापछि कम्युनिष्ट पार्टी नबन्ने ठोकुवा गर्दै एमाले–माओवादी केन्द्रबीचको एकता भारतको पहलमा भएको बताए ।
भक्तपुर नगरपालिका–५ स्थित योसिंखेलमा मंगलबार ३७ औं नेपाल भाषा साहित्य सम्मेलनको समापन कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले आफू अनुकूल संविधान संशोधन गराउन भारतले दुई पार्टीबीच एकता गराएको दाबी गरे ।
अध्यक्ष विजुक्छेले नेपालमा कम्युनिस्ट पार्टी गठनदेखि भारतले नक्कली कम्युनिस्ट पार्टी र नेता जन्माउँदै आएको बताउँदै माके पनि भारतकै पालन पोषणमा हुर्केको आरोप लगाए ।
‘एमालेलाई संविधान संशोधन प्रक्रियामा ल्याउन भारतले माओवादीसँग एकता गराएको हो’ विजुक्छेले भने । उनले एमालेले मानेपछि मधेसवादी दल पनि संविधान संशोधनमा आउने दाबी गरे ।