प्रचण्डको पतन, नयाँ पार्टी गठन–किराँती

1799
views

काठमाडौं, १९ असोज । माओवादी सकिएको होईन् प्रचण्डको पतन भएको भन्दै गोपाल किँराती नयाँ पार्टी गठनको तयारीमा लागेका छन् । माओवादी केन्द्रका प्रभावशाली नेता किराँतीले अध्यक्ष प्रचण्डले पार्टीको आधिकारिक नीतिविपरित हतारमा एमालेसँग एकता गर्नेगरी चालेको कदमका विरुद्ध छुट्टै पार्टी भेलाको आयोजना गरेको जनाएका छन् ।

उनले मालेमावादलाई प्रचण्ड समूहले धरापमा पारेर एमालेसँग विलय भएपछि क्रान्तिकारीहरु त्यसको सति जान नहुने भन्दै विचारको रक्षाका लागि पार्टी भेलाको आयोजना गर्न लागिएको जानकारी दिदैं भने ‘प्रतिक्रियावादीहरु सति जाँदैमा क्रान्तिकारीहरु सति जादैनन् ।’ किराँतीले पार्टी पूर्नगठनका लागि केन्द्रीय आयोजक भेलाको घोषणा गरेको जनाएका छन् ।

माकेका प्रभावशाली नेता समेत रहेका किराँतीले प्रचण्ड समूहले लिएको विलयको बाटोका विरुद्ध देशव्यापी भण्डाफोर गर्ने बताएका छन् । उनले प्रचण्डले उठाएका उम्मेदवारलाई भाटे कार्वाही गर्ने चेतावनी समेत सामाजिक सञ्जाल मार्फत दिईसकेका छन् । सम्भवत आजै पार्टी गठनको तयारी हुन्छ किराँतीले भने ‘विलय हुनेहरुका विरुद्ध क्रान्तिकारी पार्टीको पूर्नगठन अनिवार्य हो ।’