छोरालाई खोप नदिएको अभियोगमा आमालाई सात दिनको जेल सजाय

2051
views

असोज १९ । अमेरिको मिसिगन राज्यमा रिवेक्का ब्रिउडो नाम गरेकी महिलालाई छोरालाई खोप नदिएको अभियोगमा सात दिनको जेल सजाय दिइएको छ ।अदालतको आदेश नमानेपछि उनलाई उक्त सजाय सुनाइएको हो । ब्रिउडोले सुरुमा उनकी पूर्व पतिसँग नौ वर्षिया छोरालाई खोप दिन मानेपनि पछि भने खोप दिएकी थिइनन् ।ब्रिउडोको पूर्व पतिलाई अस्थायी हिरासतमा राखिएको छ । यी दम्पत्तिलाई बच्चालाई खोप नलगाएको वा ढिलो गरेको भन्दै कानुनी कारवाही गरिएको बताइएको छ ।अमेरिकामा मिसिगन राज्य बालबालिकालाई खोप नदिने राज्यमा निकै अगाडि पर्छ ।