पर्वत काँग्रेसः कस्लाई गर्ने सिफारिस ?

2086
views

महेन्द्र जिसी
पर्वत, १९ असोज । नेपाली काँग्रेस पर्वतमा काम गर्ने भन्दा आँकाक्षी नेताहरुको चुनावी होडले उम्मेदवारको टुङ्गो लगाउन सकस परेको छ । काँग्रेसको पार्टी हेडक्वाटरले प्रतिनिधि सभा र प्रदेश सभाका लागि एक महिला सहित तीन÷तीन जना उमेदवार सिफारीस माग गरेपछि काँग्रेसका आँकाक्षीहरुको उम्मेदवारी पाउनुपर्ने होड नै चलेको हो । काँग्रेस भित्र देखिने यहि होडका कारण स्थानीय तहको निर्वाचनमा दुवै नगरपालिकामा कब्जा जमाउने गाउँपालिकामा पकड बनाउने काँग्रेसको लक्ष्यलाई एमालेले घुँडा टेकाएको थियो । पछिल्लो समय सम्म काँग्रेसले आन्तरीक कारण चुनावमा पराजय भोग्नुपरेको निष्कर्ष समेत निकालेको थियो । उक्त घटना काँग्रेसभित्र अहिले पनि दोहोरिएको छ ।

केन्द्रले असोज १७ गते १७ गते नै उमेदवारहरुको नामावली माग गर्दै परिपत्र गरेको भएपनि आकाँक्षीहरुको चुनावी होडले उम्मेदवारको टुङ्गो लगाउन सकस परेको थियो । तोकिएको भन्दा तीन गुणा बढी नेताले सिफारिस गर्न दबाब दिएपछि उम्मेदवार छनौटमा सकस भएको पार्टी कार्यालयले जनाएको छ । केन्द्र र प्रदेशमा १८ जनाको नाम सिफारीस गर्नुपर्ने व्यवस्था दुई निर्वाचन क्षेत्रका ६८ जनाको नाम क्षेत्रीय समितिले जिल्ला कार्यसमितिमा पेश गरेपछि टुङ्गो लगाउन सकस परेको हो ।

नेपाली काँग्रेस पर्वतका सचिव युत्त प्रसाद श्रेष्ठले क्षेत्रीय समितिमा उमेदवारको लागि परेका दरखास्त जिल्ला कार्य समितिमा आएका कारण मिलाएर उमेदवार छनौटको तयारी भईरहेको बताए । काँग्रेसले प्रत्यक्षतर्फ केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशी, पुर्व सांसद ऋषिकेश तिवारी, पार्टी सचिव विश्व प्रकाश प्रसाई, महासमिति सदस्य वसन्त बहादुर सीके, ट्ेड युनियन काँग्रेसका केन्द्रीय उपमहासचिव ललित कला गुरुङको दरखास्त परेको जनाएको छ ।

त्यस्तैगरी प्रदेशसभा ‘क’ तर्फ युवराज जोशी, विद्वान गुरुङ, भवानीशंकर पौडेल, विप्लव जङ हमाल, दुर्गा बहादुर खत्री, चन्द्रकान्त पौडेलले दरखास्त बुझाएको जनाएको छ । प्रदेश सभा ‘ख’ तर्फ पनि १५ जनाले दरखास्त बुझाएको जनाएको छ । ‘ख’ बाट प्रत्यक्षतर्फ पार्टी सभापति खिम प्रसाद भुसाल, गंगाधर तिवारी, ऋषिकेश तिवारी, खगेन्द्र तिवारी, नवराज गुरुङ, प्रविन गुरुङ, एकनारायण न्यौपाने, आनन्द भुसाल, अशोक उच्चई ठकुरी, मोहन गुरुङ, मुना भुसाल, राधा कुँवर क्षेत्री, लालकाजी गुरुङ जसमती गुरुङ, जित बहादुर सुनुवार, विमलराज क्षेत्रीले दाबी गरेका छन् । प्रदेश सभाको लागि समानुपातीक तर्फबाट दरखास्त बुझाउने ३० जना पुगेको श्रेष्ठले बताए ।