अर्घाखाँची बस दुर्घटनामा दुईको मृत्यु, १० गम्भिर

1776
views

अर्घाखाँची, २० असोज । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. २ सापडाँडामा बस दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । दुर्घटनामा १० जना गम्भिर घाईते भएको स्थानीयले बताएका छन् ।
मालारानी गाउँपालिकाको अर्घातोष डाँडाकटेरीबाट बुटवलका लागि छुटेको लु १ ख ७५१८ नम्बरको बस मालारानी २ सापडाँडामा दुर्घटना भएको हो ।
घाइतेहरुको अहिले उद्दार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले बताए । बस सडकदेखि १०० मिटर तल खसेको थियो ।घाइतेको उपचारका लागि सन्धिखर्क, तम्घास पठाउने काम भैरहेको छ ।