संघीय समाजवादी र राजपा तालमेलले काँग्रेस लोकतान्त्रिक गठबन्धन संकटमा

1595
views

काठमाण्डौ, २० असोज । नेपाली कांग्रेसको नेतृत्वमा बृहत लोकतान्त्रिक गठबन्धन बनाउने पहल भइरहेका बेला संघीय समाजवादी फोरम र राजपाबीच भएको चुनावी तालमेलले गठबन्धन संकटमा पर्नसक्ने विश्लेषण गर्न थालिएको छ ।
एमाले माओवादी केन्द्र र नयाँ शक्ति पार्टीको तालमेत एकतापछि नेपाली काँग्रेसको नेतृत्वमा वृहत लोकतान्त्रिक गठबन्धनको पहल भईरहेका बेला संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा)बीच निर्वाचनमा मिलेर जाने सहमति भएको छ ।
दुई पार्टीका शीर्ष नेताहरुले आसन्न प्रदेश र प्रतिनिधि सभामा दुबै पार्टीले संयुक्त उम्मेदवार दिने निर्णय गरेका हुन् । दुवै पार्टीका नेताहरुले संयुक्त विज्ञप्ती प्रकाशन गर्दै ‘दुई दलबीच एकाआपसमा सहकार्य गरी साझा उम्मेदवारका रुपमा चुनावमा भाग लिने जनाएका छन् ।
साथै कुनै गठबन्धनमा सहभागि हुने भए संयुक्त रुपमा नै सहभागि हुने वा सहकार्य गर्ने विज्ञप्तिमा उल्लेख छ । उपेन्द्र यादव र महन्थ ठाकुरले बिज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।