नेपाल तेक्वान्दो संघ नुवाकोटमा कार्यसमिति चयन

2289
views

रिना खनाल
नुवाकोट, २१ असोज । नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति नुवाकोटले सर्वसहमतिले कार्यसमिति चयन गरेको छ ।

समितिको अध्यक्षमा सुमन अधिकारी, उपाध्यक्षमा शरण उत्सुक सापकोटा, नबिन्द्रमान प्रधान, सचिव हरिहर प्रसाद पाण्डे, कोषाध्यक्ष रमेश श्रेष्ठ, सह सचिव शरण घले तामाङ चयन हुनुभएको छ ।

यसैगरी समितिका सदस्यहरुमा राम थापा, रामचन्द्र पाण्डे, शिवलाल श्रेष्ठ, दलबहादुर तामाङ, रामकृष्ण राज भण्डारी, सन्तोषी वैद्य, मेहन्द्र थापामगर र शर्मिला श्रेष्ठलाई चयन गरेको हो ।

कार्यक्रममा ओलम्पियन तथा नेपाल तेक्वान्दो संघका केन्द्रिय प्रतिनीधि एवं कार्यक्रमका प्रमुख अतिथी संगिना बैद्यले नवनिर्वाचित कार्यसमतिका पदाधिकारीहरुलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो ।