राणा, पञ्चायतसंग लडेको काँग्रेसलाई वाम एकता हर्ष न विष्मात– पौडेल

2541
views

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राणा, पञ्चायत र दरबार फालेको काँग्रेसलाई बाम एकता कागलाई वेल पाक्यो हर्ष न विष्मात जस्तै भएको बताएका छन् ।
मुलुकले स्थिरता चाहेका बेला अस्थिरता कायम गर्न वाम एकता भएको भन्दै नेता पौडेलले भने ‘नेपाली जनता अस्थिरताका विरुद्ध एक हुने र बाम एकताको धज्जी उडाउने छ ।’
काँग्रेस केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७४ लाई लक्ष्य गरी आयोजना गरेको घोषणापत्र तयारी सुझाव संकलन कार्यक्रममा नेता पौडेलले काँग्रेस निरंकुश राणा शासन, पञ्चायती व्यवस्था, दक्षिणपन्थी र दरबारिया शक्तिसँग लड्दै आएकोे ऐतिहासिक पार्टी भएको र यसको इतिहासलाई बाम एकताले मेटाउन नसक्ने दाबी गरे ।
नेता पौडेलले कम्युनिस्ट अधिनायकवाद विरुद्ध लोकतन्त्रवादी संगठित हुनु आजको आवश्यकता भएको बताए । काँग्रेसको घोषणपत्रमा सुशासन, निमुखालाई न्याय र विपन्नलाई आय, कृषि, पर्यटन, ऊर्जा, जलस्रोत, सहकारी, शिक्षा, स्वास्थ्यसम्बन्धी विषय समेट्न उनले सुझाव दिए ।
काँग्रेस नेता महेश आचार्यको संयोजकत्वमा तयार हुने नेपाली काँग्रेस घोषणपत्र, २०७४ मा समेट्नुपर्ने विषयमा काँग्रेस निकट विभिन्न पेशागत संघले रचनात्मक सुझाव दिएका थिए ।