इलाममा खनाल र नेम्वाङको नाम सिफारिस

1975
views

इलाम, २१, असोज । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) इलामले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र पूर्वसभामुख सुवास नेम्वाङलाई सर्वसम्मत रूपमा सिफारिस गरेको छ ।

खनाललाई इलाम क्षेत्र नं १ र नेम्वाङलाई २ बाट सिफारिस गरेको एमाले जिल्ला कमिटी अध्यक्ष राम रानाले बताए । पूर्वप्रधानमन्त्री खनाल अहिले इलाम क्षेत्र नं १ र नेम्वाङ २ का सांसद हुनुहुन्छ ।