यस्तो छ देउवा विरुद्ध एमाले र माकेका सांसदहरुको गोप्य हस्ताक्षर

2022
views

काठमाडौं, २१ असोज । अविस्वासको प्रस्ताव लैजाने योजना सहित प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध एमाले र माओवादी केन्द्रका सभासदहरुले गोप्य हस्ताक्षर गरेका छन् । एमाले–माओवादी केन्द्रको एकतासँगै देउवाविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ताको तयारी भएको हो ।
एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले गोप्य रुपमा सांसदहरुको हस्ताक्षर संकलन गरिरहेको स्रोतले जनाएके छ । स्रोतका अनुसार देउवा सरकारले चुनाव सार्ने वा एमाले–माके एकतालाई असर पार्ने गतिविधि गरे सरकार ढाल्ने तयारी एमाले र माओवादी केन्द्रले गरेको छ ।

भित्री तयारी पछि माओवादी केन्द्रको बैठकमा समेत प्रचण्डले सरका छाड्न तयार रहेकोसमेत बताईसकेका छन् । काँग्रेसले माओवादी केन्द्रलाइ बर्खासतको तयारी गर्न नपाउँदै एमाले माकेका सभासदहरुको तयारी भैरहेको स्रोतले जनाएको छ ।

यता यस्तो तयारी भैरहेकै अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले गोरखापत्र संस्थानको महाप्रबन्धक र चलचित्र विकास वोर्डको अध्यक्षमा नियुक्ति गर्ने तयारी गरेका छन् ।