बेल्जियमबाट ल्याइएको अण्डा नेपालमा कसरी बन्यो कालिज (हेर्नका लागि यो लिंक खोल्नुहोस्)

2321
views

नवदृष्टि संवाददाता
पोखरा, २१ असोज । पोखरामा भने बेल्जियमबाट बिउ ल्याई व्यवसायिक रुपमा पालन गरीएको कालिज फष्टाएको छ । बेल्जियमबाट कालिजका अण्डा ल्याई पोखरामा कालिज पालन व्यवसाय सुरु गर्दै आएका पोखरा लेखनाथ महानगरपालिका १४, खाल्टेमसिनाका व्यवसायि पदम अधिकारीले पोखरामा मिठो तथा स्वादिष्ट मासु उपलब्ध गराउने उद्धेश्यले व्यवसायिक रुपमा कालिज पालन व्यवसाय सुरु गरेका हुन् । उनी २३ बर्ष बेल्जियम बस्दै आएका थिए ।
गगनगौडा पारि लामगालिदमा भान्जा सोमनाथ लामिछानेको १९ रोपनी जग्गामा अधिकारीले २०७२ माघ बाट नेपाल वाईल्ड फुड प्रोडक्ट प्रालिको नामबाट उक्त व्यवसायको सुरुवात गरेका हुन । ५४ बर्षीय अधिकारी आधा उमेर जसो बेल्जीयममा विताए पनि हाल आफ्नो परिवार बेल्जियम मै भएको बताउँछन् ।
उनीसंग बेल्जियमको नागरिकता भएपनि आफ्ना ईष्टमित्र, आफ्नो जन्मभुमि र नौलो व्यवसाय फस्टाएसंगै बर्षमा १० महिना जसो पोखरामै बिताउने भएका हुन ।
एक करोड लगानीमा संचालन भएको उक्त कालिज पालन व्यवसायमा उनका भान्जा सोमनाथ लामिछानेको समेत लगानी रहेको छ । लामिछानेको करिब २० प्रतिशत लगानी भएको हो । भेटेरीनरी व्यवसाय गर्दै आएका लामिछानेले गगनगौडामा लाम्गादी भेटेरीनरी पसल संचालन गर्दै आएका छन । स्वदेशमै केहि गरेमा विदेशमा गएर कमाउने रकम आम्दानी गर्ने सकिने भएकोले आफु स्वदेशमै रमाउदै आएको उनले बताए । नेपालमा अझै पनि कालिज व्यवसायिक रुपमा पालन गर्न पाईदैन तर अधिकारीले विदेशबाट भित्राएकोले र विदेशबाट बिउ विजनको रुपमा कालिज ल्याएर स्वदेशमा उत्पादन गरेकोले यसमा कसैले रोक तोक लगाउन नमिल्ने अधिकारीले बताए ।
नेपालमा कानुनि हिसावले केहि झनझटिलो प्रकृया भएको बताउदै उनले विदेशबाट स्वदेश आउने मासुको खपतलाई रोक्न पनि यस्तो अभियानमा लागेको अधिकारीले बताए । कम्तिमा पनि एक लाख कालिज उत्पादन गरेर पर्यटकहरु सहित आम पोखरेलीहरुलाई कहिले काहि कालिजको मासु खुवाउने इच्छा भएको उनले जनाए ।
हाल ७ वटा केजमा तार जाली लगायर कालिज पालन व्यवसाय सुरु भएको छ। उनले हाल बाख्रापालन, तित्रा पालन र फलफुल तरकारी समेत गर्दै आएका छन् । रिङनेट घाँटीमा सेतो र ब्राउन कालो गरी हाल दुई प्राजातिका कालिज उनले पालना गर्दै आएका छन् । उक्त कालिजको मुल्य हाल ३ हजार पर्ने गर्दछ । डेढ किलोग्राम तौल भएको कालिज बिक्रिको लागि तयार हुन्छ ।