एकताकै कुरा गर्नुका पछाडी थुपै कारण छन्–नेता श्रेष्ठ

1696
views

काठमाण्डु, २१ असोज – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले एकताको पछाडी थुप्रै कारण केलाउँदै एमाले– माओवादी केन्द्र र नयाँशक्ति बीच एकता हुने बताए ।
नेता श्रेष्ठले भने पार्टी एकता गर्नुको पहिलो कारण एमालेको माओवादीकरण र माओवादीको एकालेकरण गर्नु नभइ दुबैको क्रान्तिकारीकरण गर्नु हो ।
‘एमालेको माओवादीकरण र माओवादीको एमालेकरण गर्ने होइन, यो भनाई कहिंकतैबाट भनियो भने दुवै भनाइ गलत हो । पार्टी एकतासँगै ‘दुवैको क्रान्तिकारीकरण गर्ने हो ।’ उनले कार्यकर्तालाई एमालेको माओवादीकरण गर्ने भनेर नभन्न आग्रह गर्दै देशको स्थायित्वका लागि एकता अनिवार्य हो ।
उनले यो चुनावी तालमेल मात्र नभइ एकता पनि भएका कारण गम्भीर हुन सबैलाई अनुरोध गरे । उनले भने, ‘एकता भन्यौं अब चुनावमा जाउ अनि हेरौंला नभन्नुहोला, अब एकता गर्ने नै हो ।’ विचार, भावना र सदासयताका साथ एकता अनिवार्य हो ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता श्रेष्ठले वाम एकता गर्ने विषय ऐतिहासिक भएको बताए । उनले भने, ‘वाम एकता गर्ने विषय ऐतिहासिक, साहसिक र क्रान्तिकारी छलाङयुक्त निर्णय हो ।’
उनले एकताको विषयले नेपाली काङ्ग्रेस, प्रतिक्रियावादी शक्तिहरु, नेपाली समाज र राष्ट्रिय अन्तर्रा्ष्ट्रिय रुपमा ठूलै भूकम्प गएको बताए । एकता भाँड्नका लागि सबैतिरबाट षड्यन्त्र हुने भन्दै त्यसतर्फ सचेत रहन पनि उनले आग्रह गरे ।
शनिबारदेखि काठमाण्डुको राष्ट्रिय सभागृहमा जारी पोलिट्ब्युरोको बैठकमा नेता श्रेष्ठले यस्ता कारण कार्यकता माझ प्रस्तुत गर्दै माओवादी केन्द्र एमालेमा विलय हुन लागेको वा एमाले माओवादीमा आएको भन्ने कुरा गलत रहेको बताए ।