देउता भनी ढुङ्गा मैले समाएको रैछु
काडो लाइ मुटु मा जमाएको रैछु ।
जिन्दगीभर रुहाउने धोको रैछ तिम्रो
अनायासै दुइचार दिन रमाएको रैछु ।।
कुनै दिन मेरो घरमा मान्छेको लाम हुनेछ
रुने छन सबै सब्को मुखमा रामराम हुनेछ
म मरे पछि पोस्टमार्टम गर्ला पुलिसले
मुटु चिरी हेर्नु भित्र तिम्रै नाम हुनेछ ।।।
कमल शर्मा पौडेल लिमिठाना–७ पर्वत
तिम्रो नाम मा मेरो थर जोडाएरै छोड्छु
सब को सामु हात समाइ डोराएरै छोड्छु
अन्त जान पाउदिनौ प्रमाण छन म सङ्ग
उता हिड्या तिम्रो बाटो मोडाएरै छोड्छु ।
कुनै एक दिन खास हुनेछ
तिम्रो बिहे मेरो लास हुनेछ
सजिएर तिमि जादा पराइको घर
त्योदिन मेरो स्वर्गमा बास हुनेछ
सुन्को थाल मा पैसा पस्की कस्ले खा छ र ?
हिराको सारी चादिको ब्लाउज कस्ले ला छ र ?
एक सरो लाउनु एक गास खानु त्यस्मै आनन्द
पैसा खर्च गरि जिवन कस्ले पा छ र ??
नपलाउने गरि डाली भाचेर पो गयौ
मेरो माया अरुलाइ साचेर पो गयौ
सुखदुःख दुइटै को यौटै भन्थेउ
आखिर मेरो पिरमा तिमि नाचेर पो गयौ
म बिरामी हुदा रुने मान्छे खोइ ?
औसधि दिन नजीक हुने मान्छे खोइ ?
मेरो पिडा पनि आफ्नै जस्तो सम्झेर
सामीप्यमा आइ मलाई छुने मान्छे खोइ ??
सिर्जना आफै गरिन्छ साहित्य चोरिएको छैन
टुक्राटुक्रा आफ्नै छ मुटु अरुको फोरिएको छैन
छोडेर गए पनि मन मस्तिष्कमा बसेका छन कोही
जतिनै राम्रा अरु भेटिएनी मेरो मन घोरिएको छैन
दुइ दिन आइ जवानी चाटेर पो गै
माछा सरि बगरमा छाटेर पो गै
जुनिजुनि हजार जुनि तिम्रै हुन्छु भन्थी
निस्ठुरिले आज अर्कै आटेर पो गै ।
देख्न मात्रै राम्री आकाशको जुन पो रैछेउ तिमि
तिमि सन्सारकै महङ्गी एक नम्बरी सुन पो रैछेउ तिमि
तिमि सोच्या थिए सुखदुख्मा साथ दिन्छेउ होलि
तर भित्र भित्रै खाइ जाने घुन पो रैछेउ तिमि ।।।
सुन चादी फल्ने बुटा देखेर त होला
हागा माथि पैसाका मुठा देखेर त होला
सत्य थिए म तर छोडि गयौ प्रीया
मैले खाका कसम झुठा देखेर त होला ।
फलामको डन्डी देखे पनि सुन्कै गजुर भन्न मन लाग्छ
आकाशमा उडेको गिद्द देखे पनि मजुर भन्न मन लाग्छ
के भा छ खोइ आज भोली मलाई दोधार मा छु
गधा कराएको आवाज सुने पनि हजुर भन्न मन लाग्छ
दुबई कतार भएनि गएर देखाइ दिन्छु
एकदिन पक्कै धनी भएर देखाइ दिन्छु
गरिब भनी छोडेकी त होउ नि प्रीय
धन नहेर्नी मन्की खानी ल्याएर देखाइ दिन्छु
नपलाउने गरि डाली भाचेर पो गयौ
मेरो माया अरुलाइ साचेर पो गयौ
सुखदुःख दुइटै को यौटै भन्थेउ त
मेरो पिरमा आज तिमि नाचेर पो गयौ
बाचुन्जेल मान्छे ले बोल्न हतार गर्छ
मरेपछि लाशको कात्रो खोल्न हतार गर्छ
केहि लको छैन आफु देख्दादेख्दै पनि
घाटमा पुराइ लाशलाई पोल्न हतार गर्छ
गरिब ले माया गरे गल्ती हुन्छ र ?
धन हुनेले धनी रोज्ने चल्ती हुन्छ र ?
मर्दा कति के लान्छ्न हेर्न पाए हुन्थ्यो
पुजिपती को कात्रोमा खल्ती हुन्छ र ????
जस्ले जे भनेनी म डराएको छैन
जहाँ थिए त्यहीँ छुम हराएको छैन
जस्तो पिडा भएनी आफ्नै मान्मा राखेको छु
अलै सम्म कसै सङ्ग कराएको छैन ।।
नचाहेरै भट्टी तिर जानै पर्दो रैछ
याद भुलाउन कहिलेकाही खानै पर्दो रैछ
उधारो त कस्ले पताउछ र मलाइ
दुइचार पैसा खल्तीमा लानै पर्दो रैछ
तिम्लाइ पाउन अब युद्ध सुरु गर्छु म
बम पड्काउछु बन्दुकमा गोलि भर्छु म
तिम्रो हुन नपाएसी कसैको नि हुन्न
सके जित्छु नसकेमा हास्दै मर्छु म ।
अरे उन्को छत मेरो खर्को छानो भर हो
उन्ले खान्थिन मुरि म सङ्ग मानो भर हो
सम्बन्ध हाम्रो त्यसै होइन बिगृएको
पुजि मा उनि भन्दा थोरै म सानो भर हो
ढुक्क नहोउ सेल्फी डिलेट गरि सक्या छैन
बाचेकै छु आज सम्म मरि सक्या छैन ।।।
आस लाम्छ अझै पनि आउछेउ कि त भन्नी
तिम्लाइ बिर्सी अर्कि लिन झरी सक्या छैन ।
मैलेत बोलाउदा नि झर्किएर गै
आलो घाउमा नुन चुक छर्किएर गै
उ हिडेको बाटोमा म हिडे भने पनि
मलाई देखे उल्टो दिसा फर्किएर गै
न यता न उता कि होलिस खबरदार !
जिन्दगीभर एक्लै भै रोलिस खबरदार !
किन घात गरेछु भन्नी पर्छु तलाइ
खोजीखोजी मेरा फोटा छोलिस खबरदार !
दुनियाँ लाइ हाम्रो माया देखाएर गयौ
तिम्रो नाम मेरो दिल मा लेखाएर गयौ
भेट्न मन त दिनदिनै लाग्छ नि मलाइ
तर सबै बाटो बारेर छेकाएर गयौ।।।।।
मैले जस्तै माया तिम्ले लाइदिएको भए
आउ न यता भन्दा खेरि आइदिएको भए
कति खुशी हुन्थो होला आज मेरो जिबन
झुठा कसम तिम्ले न खाइदिएको भए
सात तले घर को अग्लो बार थिएन म सङ्ग
तिन करोड को चिल्लो कार थिएन म सङ्ग
अर्बौं को धनी खोजेकी रैछिन उन्ले
पाँच तोला को हिरा को हार थिएन म सङ्ग ।।।
kamal paudel— [email protected]