आकाङ्क्षीको लर्कोः काँग्रेसमा एक निर्वाचनबाट ५२ जनासम्मको नाम सिफारिस

६५ जिल्लाको उम्मेदवार नामावली प्राप्त

1804
views

असोज २२ गते । मङ्सिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फ काँग्रेसलाई ६५ जिल्लाबाट उम्मेदवारी सिफारिस प्राप्त भएको छ । ‘कतिपय जिल्लाको एक निवाचन क्षेत्रबाट ५२ जनासम्मको नाम सिफारिस आएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काँग्रेसले
जिल्ला कार्यसमितिलाई एक क्षेत्रबाट बढीमा तीन जनासम्मको नाम सिफरिस गरेर केन्द्रमा पठाउन निर्देशन दिएको थियो । उम्मेदवार सिफारिस हुन बाँकी रहेका जिल्लाबाट आइतबारसम्म सिफारिस आइसक्ने काँग्रेस मुख्य सचिवालयले जनाएको छ ।

प्राप्त सिफारिसबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार चयन गर्न वरिष्ठ नेता लगायतसँग परामर्श गरी संसदीय समिति गठन गर्न प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई अधिकार दिने निर्णय काँग्रेसले गरिसकेको र केन्द्रीय कार्य समितिको बैठकले संसदीय समितिलाई सजिलो हुने गरी उम्मेदवारको मापदण्ड पनि तयार गरिसकेको छ । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।