प्रतिसोधको त्यो सुनियोजित प्लानः जस्ले घुस माग्न समेत रोकेन भारतीय प्रहरीलाई–देवनारायण

2202
views

सप्तरी, २१ असोज । भारतीय प्रहरीको हिरासतबाट छुटेका सीमा रक्षक देवनारायण यादवले दशगजा प्रकरणको रिस फेर्न आफूलाई पक्राउ गरिएको खुलाए । उनले भारतीय पक्षहर आफुसँग चिढिएको पनि प्रष्ट पारे ।

‘मलाई प्रतिसोध साँधेको हो भारतले किनकी छोरा अजयको विवाहसँग आफ्नो गिरफ्तारीको कुनै सम्वन्ध नै छैन् ।’ गिरफ्तारीको कारण यो हो गत वर्ष भारतीय बाँध भत्काएको घटनामा मैले जसरी प्रतिरोध गरेको थिएँ सोही प्रतिसोध साँध्न मलाई गिरफ्तारी गरिएको रहेछ, भारतीय प्रहरीले मलाई यही कुरा निकालेर कुटपिट गरे ।’

नेपाली भूमि डुबानमा पर्ने गरी भारतीय पक्षले सप्तरीको तिलाठी र भारत कुनौलीको दशगजा क्षेत्रमा पर्ने खाडो नदीमा निर्माण गरेको बाँध १३ साउन २०७३ मा देवनारायणको नेतृत्वमा गएको नेपालीहरुले भत्काइदिएका थिए । त्यस क्रममा भएको झडपमा परी देवनारायण स्वयंम गम्भीर घाइते समेत भएका थिए ।

झडप साम्य पार्ने बहानामा भारतीय सब–इन्स्पेक्टर विनोद यादव हतियारसहित नेपाली सीमामा प्रवेश गर्दा उनको हतियार खोसिएको थिए । त्यसबेला हतियार खोस्नेमा संलग्न भएको भन्दै आफूलाई कुटपिट गरेको देवनारायणले बताए ।

‘हामीसँगै पक्राउ परेका दुई जना २५–२५ सय घुस दिएर छुटे, मलाई चाहिँ ५० हजार घुस माग्यो’ उनले भने, ‘मैले एक रुपैयाँ पनि घुस दिन्न भनेपछि पक्राउ गरेर थुन्यो ।’ सात दिन थुनामा राख्दा भने आफू र आफ्नो छोरामाथि दुव्र्यवहार नगरिएको उनले बताए ।
‘प्रतिसोधको त्यो सुनियोजित प्लानमा घुस माग्न समेत पछि नपर्ने भारतीय प्रहरीले म बाट राष्ट्रियताको पाठ सिक्यो, र एकहप्तामा नेपालीहरुको ईमान्दारीतालाई पनि राम्रोसँग बुझ्यो यादवले भने ।’