सिट बाँडफाँडमा नयाँशक्तिको असन्तुष्ट, कार्यदललाई सकस

2063
views

काठमाण्डौ, २२ असोज । प्रतिनिधि सभा र प्रदेश सभामा नयाँशक्तिले पाउने सिटको प्रतिशत नतोकिँदा कार्यदल अप्ठेरोमा परेको छ ।
एमाले, माओवादी केन्द्र र नयाँशक्तिका नेता सम्मिलित कार्यदल नयाँशक्तिले पाउने सिट बारे अन्यौल हुँदा कार्यदललाई सकस परेको हो । एमाले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गठित कार्यदलको बैठक नयाँशक्ति पार्टीका प्रतिनिधि सहित बस्न सकेको छैन ।
कार्यदलमा एमालेको तर्फबाट पोखरेलका अलवा विष्णु पौडेल सुरेन्द्र पाण्डे छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा, बर्षमान पुन र मातृका यादव छन् । नयाँ शक्तिको प्रतिनिधित्व गंगानारायण श्रेष्ठले गरेका छन् । एमाले र माओवादी केन्द्रबीच ६०÷४० को अनुपातमा सिट बाँडफाँड गर्ने सहमति भएपनि नयाँशक्तिले कति पाउने भन्ने तय हुन नसक्दा नयाँशक्ति विना नै कार्यदलको बैठक बस्ने गरेको छ ।
एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत पाउने आन्तरिक सहमति छ । वाम गठबन्धनमा सामेल यी दुई ठूला बाहेकका दलले पाउने सिट छुट्ट्याएपछि बाँकी रहने सिटमा एमाले र माओवादी केन्द्रले ६० र ४० को अनुपातमा बाँडफाँड गर्नेछन् ।
नयाँशक्तिले पाउने सिटका सम्बन्धमा छलफल गर्न शुक्रबार (२० असोज)े केपी शर्मा ओली, पुष्पकमल दाहाल र डा.बाबुराम भट्टराई सहितको बैठक माइतिघरस्थित एक व्यवसायीको घरमा भएको थियो । त्यो बैठकमा भट्टराईले नयाँशक्तिको तर्फबाट १५ प्रतिशत सिट दावी गरेपछि तरङ् फैलिएको थियो ।
नयाँशक्तिले माग गरेको सिटमा एमाले र माओवादी केन्द्र दुवैले सहमति जनाएनन् । त्यसपछि शनिवार (२१ असोज) मा तीनै शीर्ष नेताको बैठक बसेर टुङ्ग्याउने सहमति भएको थियो । २१ असोजमा अचानक ओली विरामी परे, जसका कारण नयाँशक्तिले पाउने सिट प्रतिसत टुंगो लाग्न सकेन । आइतबार (२२ असोज) यस विषयलाई टुङ्ग्याउने सहमति भयो । तर भट्टराई गोर्खातिर लागे ।
आइतबार पनि यो विषय थाति रह्यो नयाँ शक्तिको प्रतिनिधित्व गरेका गंगानारायण श्रेष्ठले भने‘ नयाँशक्तिले १५ प्रतिसत सिटमा दावी गरेपनि त्यसैमा अडान लिने पक्षमा भने छैन ।