ओली–प्रचण्डको एकताले पूर्वप्रधानन्यायाधीश हर्षित, राजनीतिमा आउने रहर

2059
views

काठमाडौं, २३ असोज । एमाले–माओवादी र नयाँशक्तिको एकताले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई पनि राजनीतिक मैदानमा आउने रहर पलाएको छ ।
बाम एकताबाट खुसी भएकी कार्की राजनीतिमा आउन लागेको बताइएको छ । कार्कीले नेकपा एमालेमा प्रवेश गर्ने तयारी भइरहेको स्रोतले बतायो । एमाले अध्यक्ष केपी शर्मा ओली र कार्कीबीच दुई चरणमा छलफल समेत भइसेको छ ।
एमाले स्रोतका अनुसार अब छिट्टै तेस्रो चरणको छलफल हुने र त्यसैबाट पार्टी प्रवेशको टुंगो लाग्नेछ । कार्कीले चुनाव लड्न इच्छा व्यक्त गरेको र त्यसमा ओली सहमत भएको बताइएको छ ।
श्रीमान् दुर्गाप्रसाद सुवेदी नेपाली काँग्रेसका पूराना र इमान्दार नेता भएपनि कार्की भने एमाले प्रवेश गर्ने मनस्थितिमा पुगेकी छन् ।
एमालेका केही नेताहरुले कार्कीलाई पार्टीमा ल्याएर अहिले नै चुनावमा लडाउन नसकिने बताउँदै आएका छन् ।