पर्वत गुरुकुल अंग्रेजी आवाशीय मा वि मा पुरस्कार वितरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

1053
views

विकास राज पौडेल,

कुश्मा पर्वत कार्तिक १७ ।

पर्वतको कुश्मा नगरपालिकामा रहेको पर्वत गुरुकुल अंग्रेजी आवाशीय मा.वि ले दोस्रो त्रैमासिक परीक्षाको नतिजामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्ययार्थीलाई पुरस्कार वितरण तथा परीक्षाको नतिजा विश्लेषण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको प्राङ्गडमा आज उक्त कार्यक्रम भएको हो । परीक्षामा कक्षा प्रथम, द्धितिय तृतिय हुने विद्यार्थी र विद्यालयमा भएका विभिन्न खेलकुद प्रतियोगितामा प्रथम, द्धितिय तृतिय हुने विद्याथीले पुरस्कार प्राप्त गरेका छन भने विद्यालय उत्कृष्ट खेलाडी सुचना लामिछाने र आनन्द लामिछाने भएका छन् । खेलकुद कार्यक्रमको संयोजन राष्ट्रिय खेल प्रशिक्षक राम श्रेष्ठले गर्नुभएको थियो

साथै विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिका लागी शिक्षक र अभिभाबक वीचमा विभिन्न विषयमा छलफल पनि गरिएको थियो । विद्यालयका प्रिन्सीपल केशव राज पुरीले शैक्षिक गुणस्तर वृद्धिका लागी शिक्षक विद्यार्थी र अभिभावक वीचमा त्रिकोणत्मक सम्वन्ध हुनुपर्ने वताउनुभयो साथै विद्यालयमा शिक्षकले जस्तै घरमा पनि अभिभाबकले विद्यार्थीलाई निगरानी गर्नुपर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन शिक्षक लाल वहादुर क्षेत्री र राजकुमार पौडेलले गर्नुभएको थियो