किन सरे उपेन्द्र यादव सप्तरी ?

815
views

नवदृष्टि संवाददाता
१९, कात्तिक, राजविराज । संविधानसभाका दुइटै निर्वाचन उपेन्द्र यादवले मधेसी जनअधिकार फोरमका अध्यक्षका हैसियतले लडे । यसपटक संघीय समाजवादी फोरमका नाममा भिड्दै छन् । पहिला मोरङ र सुनसरीबाट प्रतिस्पर्धा गरेका उनी यसपटक सप्तरी आइपुगेका छन् । भूमि र भूमिका बदल्दै राजनीतिमा छलाङ मारिरहेका यादवको आगमनले सप्तरी २ मा चुनावी माहोल तताएको छ । राष्ट्रिय व्यक्तित्व बनेका उनीसँग प्रतिस्पर्धा गर्न अन्य दल र उम्मेदवारले पनि गहन गृहकार्य गरिरहेका छन् । यसले चुनावी माहोल थप रोमाञ्चक बनेको छ । जिल्लाका अन्य क्षेत्रमा भन्दा यसमा बढ्ता ‘चुनाव लागेको’ झल्को मिल्छ ।
यादवको राजनीति एकप्रकारको यात्रा हो । अध्यापनको ‘पार्टटाइम’ उपयोग गर्दै ‘मधेसी जनअधिकार फोरम’ नामक गैरसरकारी संस्था खोलेका उनले अन्तत ः त्यसैलाई निर्वाचन आयोगमा दर्ता गरेर दलको स्वरुप दिए । उनको राजनीतिक रेखा सेयर बजारजत्तिकै वक्र छ– कहिले उकालो, कहिले ओरालो । चुचुरामा टेकेर राजनीतिक पथमा लागेका उनी बीचमा एकपल्ट झन्डै ‘आधार शिविरमै’ आइपुगे । स्थानीय तह चुनावको परिणामले क्रमश ः तंग्रिएका छन् । यो निर्वाचनमा राजपासँगको गठबन्धनका कारण पुन ः मधेसमा अग्रपंक्तिमा चर्चामा छन् । प्रदेश २ मा तपाईंको दलको अवस्था के हुने आकलन गर्नुभएको छ ? सोध्न नपाउँदै भने, ‘हामी ठूलो दल बन्छौं, हाम्रो गठबन्धनले यस प्रदेशमा बहुमत ल्याउँछ ।’ राजनीतिको प्रस्थानबिन्दु एमालेलाई र ‘ट्रान्जिट’ माओवादीलाई बनाएका यादव बौद्धिक नेतामा गनिन्छन् । आजको कान्तिपुर दैनिकबाट